Dhulikhel Eco Banner new

कृषि क्षेत्रमा ३.२८ प्रतिशत र गैर कृषि क्षेत्रमा ४.२८ प्रतिशत वृद्धि हुने सरकारको अनुमान

546
shares

काठमाडौं, १७ वैशाख । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालका कृषि र गैर कृषि क्षेत्रले आ–आफ्नो गतिमा आर्थिक वृद्धि गर्ने सरकारको प्रारम्भिक अनुमान सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले बुधवार सार्वजनिक गरेको तथ्यांकअनुसार कृषि क्षेत्रमा ३.२८ प्रतिशत र गैर कृषि क्षेत्रमा ४.२८ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको हो।

गत आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रको वृद्धिदर ३.३५ प्रतिशत र गैर कृषि क्षेत्रको ३.३६ प्रतिशत रहेको थियो। त्यसको अघिल्लो वर्ष २०७९र८० मा भने कृषि क्षेत्र ३.०२ प्रतिशतले र गैर कृषि क्षेत्र १.९८ प्रतिशतले मात्रै बढेको थियो।

नयाँ तथ्यांकअनुसार, द्वितीय औद्योगिक क्षेत्रको वृद्धिदर ४.६५ प्रतिशत, सेवा क्षेत्रको ४.२१ प्रतिशत र प्राथमिक औद्योगिक क्षेत्रको ३.२५ प्रतिशत रहनेछ।