Dhulikhel Eco Banner new

आर्थिक वृद्धि ४.६१ प्रतिशत , प्रतिव्यक्ति आय १,५१७ डलर पुग्ने अनुमान

377
shares

काठमाडौं, १७ वैशाख । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले बुधवार सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा यो वृद्धिदर उल्लेखनीय छ।

गत आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत थियो भने त्यसअघि २०७९/८० मा १.९८ प्रतिशत मात्र रहेको थियो। पछिल्ला तीन वर्षको तथ्यांक हेर्दा अर्थतन्त्र क्रमशः सुधारोन्मुख देखिएको छ।

त्यस्तै, प्रतिव्यक्ति कुल राष्ट्रिय आय यो वर्ष १ हजार ५१७ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। अघिल्लो वर्ष यो १ हजार ४६७ डलर रहेको थियो। यसरी प्रतिव्यक्ति आय ५० डलरले बढ्ने देखिएको छ।