आईएमई पेको दुबई घुम्ने उपहार योजनाको विजेता घोषणा

वि.सं.२०७८ चैत ६ आइतवार १७:२८
shares

दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘आईएमई पे’ ले सञ्चालन गरेको ‘उत्सवको बहार दुबई घुम्ने उपहार’ योजनाको विजेता घोषणा गरिएको छ ।
धनगढीको कैलालीमा सञ्चालित अमिगो मनी ट्रान्सफर र बाराको सिमरामा सञ्चालित मोबाइल सरोकार विजेता घोषित भएको ‘आईएमई पे’ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आईएमई काउन्टरबाट आईएमई पे मोबाइल एप प्रयोग गरी स्किम अवधिमा हवाई टिकट बिक्री गरे बापत सिस्टममा आधारित लक्की ड्र मार्फत विजेता छनोट गरिएको विज्ञप्तिमा उल्लेख छ ।
व्यवसाय प्रवर्द्धननमुखी योजना मार्फत व्यवसायिक साझेदारहरुलाई पुरस्कृत गर्ने उद्धेश्यले उक्त अफर योजना सञ्चालनमा ल्याएको थियो । उक्त योजना दुई जोडीलाई ४ रात ५ दिनका लागि दुबई घुम्ने अवसर प्राप्त हुने गरी तयार गरिएको कम्पनीले बताएको छ ।
कोरोना महामारीका कारण विदेश घुम्न जाने वातावरण नभएकोले एक लाख ५० हजार रुपैयाँका दरले दुवै विजेतालाई आईएमई पे एपमार्फत रकम ट्रान्सफर गरिएको आईएमईले जनाएको छ ।