Dhulikhel Eco Banner new

एसईई परीक्षाको जिम्मा प्रदेश सरकारलाई दिन प्याब्सनको माग

2.7K
shares

काठमाडौं, २७ वैशाख । एसईई परीक्षा प्रदेश सरकार मार्फत सञ्चालन गर्नुपर्ने माग प्याब्सनले अघि सारेको छ।

प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई भेटी परीक्षा प्रणालीमा सुधार ल्याउन र पठनपाठनको गुणस्तरमा एकरूपता कायम गर्न कक्षा १० को परीक्षा प्रदेश स्तरमै गरिनुपर्ने सुझाव दिएको हो।

प्याब्सनका महासचिव आरबी कटुवालका अनुसार, उक्त अवसरमा प्रतिनिधिमण्डलले निजी क्षेत्रको शिक्षा क्षेत्रमा भएको लगानीको संरक्षणका लागि कम्पनी ऐनअनुसार सञ्चालन हुने वातावरण बनाइदिन सरकारसँग माग गरेको छ।

भाषाको आधारमा पनि धेरै विद्यार्थीहरुले विद्यालय छाड्नुपरेको वर्तमान अवस्थालाई सम्बोधन गर्न विद्यार्थीलाई भाषा छनोट गर्ने अधिकार दिनुपर्ने प्रस्ताव पनि प्याब्सनले अघि सारेको छ।

शिक्षामन्त्री पन्तले निजी क्षेत्रको योगदानको प्रशंसा गर्दै शिक्षामा लगानी सुरक्षित गर्न सरकार प्रतिवद्ध रहेको धारणा व्यक्त गरेका थिए ।अध्यक्ष अधिकारीले माध्यमिक तहको शिक्षा अझ प्रभावकारी बनाउने दिशामा सबै तहको सहकार्य आवश्यक रहेको उल्लेख गरे।