नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा
वि.सं.२०८२ वैशाख ३१ बुधवार ११:३२
1.3K
shares
shares

काठमाडौं, ३१ वैशाख । नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।
वैशाख ३१ गते बुधबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।




















