शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ जेठ ७ बुधवार १५:४२
shares

काठमाडौं, ७ जेठ । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ६.९३ अंकले घटेर २,६७० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५३ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन १० अर्ब ६९ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको स्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ८.३२ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन मातृभुमि लघुवित्तका लगानीकर्ताले ६.२० प्रतिशतका दरले गुमाएका छन् भने बोर्टलस बालाजुका लगानीकर्ताले ५.८८ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी बाराही हाइड्रोपावरका लगानीकर्ताले ४.८२ प्रतिशतका दरले गुमाएका छन् भने दोर्दी खोला हाइड्रोपावरका लगानीकताृले ४.६६ प्रतिशतका दरले गुमाएका छन् ।















