Dhulikhel Eco Banner new

लेन्सबाट फोटोपत्रकारिता’ विषयक फोटो प्रदर्शनी आयोजना

5.63K
shares

काठमाडौँ, १३ वैशाख फोटो पत्रकार क्लब (पिजे क्लब) नेपालले ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा आज यहाँ ‘लेन्सबाट फोटोपत्रकारिता’ विषयक फोटो प्रदर्शनी गरेको छ । काठमाडौँको वसन्तपुरमा आयोजित प्रदर्शनीमा फोटो पत्रकारहरुले कार्यसम्पादन गर्दा भोग्नु परेको चुनौती र जोखिम झल्काउने ३० वटा फोटा राखिएका छन् । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले संयुक्तरुपमा प्रदर्शनी शुभारम्भ गरेका थिए ।

अध्यक्ष बस्नेतले फोटो सत्य, तथ्य र निष्पक्ष हुुनुपर्नेमा जोड दिँदै सबै पत्रकारले पत्रकारिताको मूल्य मान्यता र आचारसंहिताअनुसार काम गर्नुपर्ने बताए । महासङ्घका अध्यक्ष पोख्रेलले फोटोले पाठकलाई थप आकर्षित र समाचारलाई थप विश्वसनीय बनाउने धारणा व्यक्त गर्दै पत्रकारिता पेसालाई सुरक्षित बनाउन सरकारले बनाउने कानुन प्रेसमैत्री हुनुपर्छ भने ।
पिजे क्लवका अध्यक्ष श्रुती श्रेष्ठले क्लबले फोटो पत्रकारका पेसागत हक, हित र सुरक्षामा काम गर्दै आएको जानकारी दिँदै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा काम गर्दा फोटो पत्रकारले भोग्नु परेको जोखिमहरुलाई समावेश गरेर प्रदर्शनी आयोजना गरिएको बताए । नेपाल पत्रकार महासङ्घ र सेन्टर फर मिडिया रिसर्च नेपालसँगको सहकार्यमा आयोजना गरिएको प्रदर्शनी आज अपराह्न ५ बजेसम्म चल्ने क्लबका प्रवक्ता विकास द्वारेले जानकारी दिए ।