Dhulikhel Eco Banner new

स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा

1.24K
shares

काठमाडौं, २९ जेठ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। लघुवित्तले ५४ हजार ४६४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

जसमध्ये ३३ हजार ९६४ कित्ता शेयर संस्थापक शेयरधनीले र २० हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताले खरीद गर्न पाउनेछन्।

कम्पनीले संस्थापक शेयरधनीले खरीद गर्ने शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकेको छ। तर सर्वसाधारणका लागि बिक्री खुला गरिएको शेयरको कुनै मूल्य तोकिएको छैन।

शेयर खरीद गर्न इच्छुक व्यक्तिले अबको ३५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–५ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखित निवेदन दिनु पर्नेछ।