Dhulikhel Eco Banner new

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

1.01K
shares

काठमाडौं, १ असार ।पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

निगम सञ्चालक समितिको आइतबारको निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाइएको हो।

मूल्य समायोजनपछि अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ निर्धारण गरिएको छ।

निगमका अनुसार संशोधित मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ।