Dhulikhel Eco Banner new

नेपाल दुरसञ्चार कम्पनीको सञ्चालकमा प्रधान नियुक्त

858
shares

काठमाडौं, १० असार । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सञ्चालक समिति सदस्यमा सविना मास्के प्रधान नियुक्त भएकी छिन्।

कम्पनीको नियमावली अनुसार नेपाल टेलिकमका प्रबन्ध निर्देशक स्वतः सञ्चालक समिति सदस्य हुने व्यवस्था छ। सोही प्रावधानअनुसार हालका निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधानलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।

नेपाल टेलिकमको नेतृत्वमा अनुभव बटुलेकी प्रधानको नियुक्तिसँगै सञ्चालक समितिको निर्णय प्रक्रियामा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ।