बैंकिङ कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ

वि.सं.२०८२ असार १७ मंगलवार १३:१८
shares

काठमाडौं, १७ असार । बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–९ बस्ने ३६ वर्षीय सविन महर्जन र काठमाडौं महनगरपालिका–७ बस्ने खोटाङ कोटेहाङ गाउँपालिका–८ घर भएका ४३ वर्षीय दिनेश थापा रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले फरार अभियुक्त सविन र दिनेशलाई पक्राउ गरेको छ।
जिल्ला अदालत काठमाडौंबाट २०८१ साल फागुन २६ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका सविनलाई सोमवार काठमाडौं–१६, वनस्थलीबाट पक्राउ गरिएको हो भने सोही मुद्दामा फरार रहेका दिनेशलाई आइतवार काठमाडौं महानगरपालिका–८ गुहेश्वरीबाट प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका सविनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ भने दिनेशलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा पठाइएको छ।