Dhulikhel Eco Banner new

सामान्य अंकले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

832
shares

काठमाडौं, १९ असार । स्थानीय बजारमा बिहीवार सुनको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बुधवार प्रतितोला १ लाख ९१ हजार ७ सयमा कारोबार भएको सुनको मूल्य बिहीवार ४ सयले बढेर तोलामा १ लाख ९२ हजार १ सयमा कायम भएको हो ।

त्यस्तै, बिहीवार चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ । बुधवार तोलामा २ हजार १४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीवार बढेर २ हजार १७० रुपैयाँमा कायम भएको छ ।