Dhulikhel Eco Banner new

तीन लाखको बैंक जमानत व्यवस्था खारेज, व्यवसायीलाई भन्सारको राहत

416
shares

काठमाडौं, २० असार । भन्सार विभागले व्यावसायिक कारोबारका लागि आवश्यक ‘निकासी(पैठारी संकेत नम्बर’ लिनका लागि लामो समयदेखि लागू हुँदै आएको तीन लाख रुपैयाँ बराबरको बैंक जमानत राख्ने व्यवस्था हटाउने निर्णय गरेको छ।

विभागको असार १९ गते बसेको निर्णयअनुसार अबदेखि संकेत नम्बर प्राप्त गर्न वाणिज्य बैंकमार्फत राखिने बैंक जमानत आवश्यक नपर्ने भएको हो। यस निर्णयसँगै व्यवसायीहरूले वाणिज्य बैंक तथा तिनका शाखाहरूमा राखेका बैंक जमानतसमेत फुकुवा गर्न सक्ने भएका छन्।

भन्सार नियमावली, २०६४ को सोह्रौँ संशोधनअनुसार नियम ६६घ को उपनियम ९९०९ख० र नियम ६६६१ को उपनियम ९३०० बाट बैंक जमानतसम्बन्धी व्यवस्था हटाइएको छ। यसले संकेत नम्बर लिने प्रक्रियालाई सरल र व्यवसायमैत्री बनाउने अपेक्षा गरिएको छ।

विभागले उल्लेखित निर्णय कार्यान्वयनमा आएसँगै हजारौं व्यवसायीहरूले आर्थिक बोझ घटाउनुका साथै प्रक्रियागत सहजता पाउनेछन्।

विभागका अनुसार ‘क’ वर्गका राष्ट्रिय स्तरका वाणिज्य बैंक तथा तिनका शाखा कार्यालयहरूमा व्यवसायीहरूले राखेका बैंक जमानत अब फुकुवा गर्न सकिनेछ।

यस निर्णयलाई निजी क्षेत्र तथा व्यवसायीहरूले स्वागत गरेका छन्। उनीहरूले यस कदमले व्यापारिक वातावरण सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।