Dhulikhel Eco Banner new

अब नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

429
shares

काठमाडौं, २० असार । आगामी आर्थिक वर्ष २०८२/८३ देखि सरकारी सेवामा नियुक्त हुने नयाँ कर्मचारीहरूका लागि पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गरिने भएको छ।

अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली कार्यान्वयनका लागि आवश्यक तयारी गर्न सबै मन्त्रालयहरू, नियामक निकायहरू, सार्वजनिक संस्थानहरू, बोर्डहरू, समितिहरू तथा प्रतिष्ठानहरूलाई परिपत्र गर्दै निर्देशन दिएको छ।

यस निर्णयअनुसार अबदेखि नियुक्त हुने कर्मचारीले मासिक रुपमा तलबको एक हिस्सा योगदान स्वरूप बुझाउनुपर्नेछ, जसको आधारमा भविष्यमा सेवा–सुविधा उपलब्ध गराइनेछ। यो प्रणालीले दीर्घकालीन वित्तीय दायित्व घटाउने र सामाजिक सुरक्षालाई संस्थागत बनाउने अपेक्षा गरिएको छ।

अर्थ मन्त्रालयले हालसम्म सामाजिक सुरक्षा प्रणाली लागू नगरेका निकायहरूलाई स्पष्ट रूपमा जानकारी गराउँदै, यदि निर्धारित अवधिमा प्रणाली लागू नगरेमा त्यसबाट उत्पन्न हुने पेन्सन तथा उपदान सम्बन्धी आर्थिक दायित्व नेपाल सरकारले नव्यहोर्ने चेतावनीसमेत दिएको छ।