Dhulikhel Eco Banner new

मञ्जुश्री फाइनान्सद्वारा केडिया आँखा अस्पताललाई एसी हस्तान्तरण

299
shares

काठमाडौं, २० असार । कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो बिरगंज शाखामार्फत आर।एम। केडिया आँखा अस्पताल, बिरगंजलाई दुई थान एयर कण्डिशन सहयोग स्वरूप हस्तान्तरण गरेको छ।

नेपाल नेत्र ज्योति संघको नेतृत्वमा सञ्चालन भइरहेको केडिया आँखा अस्पतालले विगत पाँच दशकदेखि सर्वसाधारणलाई गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्दै आएको छ। सुरुमा पाँच शय्याबाट सेवा सुरु गरेको अस्पताल हाल १७५ शय्याको सुविधासम्पन्न स्वास्थ्य संस्था बन्न पुगेको छ।

अस्पतालको प्रतिक्षालयमा बस्ने बिरामी तथा कुरुवाहरूको सहजतालाई ध्यानमा राख्दै मञ्जुश्री फाइनान्सले उक्त एसी सहयोग गरेको हो। संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखामार्फत समुदायप्रति योगदान पुर्‍याउँदै आएको छ।

वित्तीय सूचकांकको हिसाबले पनि मञ्जुश्री फाइनान्स अग्रणी छ। हालसम्म रु २२ अर्ब निक्षेप संकलन गरी करिब रु १८।२ अर्ब कर्जा परिचालन गरिसकेको कम्पनीले आकर्षक ब्याजदरमा निक्षेप तथा सुलभ दरमा कर्जा सेवा प्रदान गर्दै आएको छ।