राष्ट्र ऋण उठाउने विधेयक २०८२ राष्ट्रिय सभाबाट पारित

वि.सं.२०८२ असार २० शुक्रवार १७:४९
shares

काठमाडौं, २० असार । राष्ट्रिय सभाको शुक्रबारको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई संशोधनबिना मूल रुपमै पारित गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सुझावबिना पारित गरी पुनः प्रतिनिधि सभामा फिर्ता पठाउने प्रस्ताव पेस गरेका थिए। सो प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो।
विधेयकले सरकारलाई आन्तरिक तथा बाह्य स्रोतहरूबाट आवश्यकताअनुसार ऋण उठाउने कानुनी आधार दिन्छ। अब यो विधेयक पुनः प्रतिनिधि सभामा पठाइनेछ, जहाँ अन्तिम स्वीकृति प्रक्रियाअघि अन्तिम निर्णय लिइनेछ।