सोमबार देशभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प हुने

वि.सं.२०८२ असार २० शुक्रवार १७:५२
shares

काठमाडौं, २० असार । नेपाल चिकित्सक संघले चिकित्सकमाथि बढ्दो अन्याय र दमनको विरोधमा अब सडकमै संघर्ष थाल्ने स्पष्ट संकेत दिएको छ।
उपभोक्ता अदालतले उपचारका क्रममा लापरबाही भएको भन्दै चिकित्सक र स्वास्थ्य संस्थालाई क्षतिपूर्ति भराउने आदेश दिएको घटनालाई गम्भीर व्याख्या गर्दै संघले देशभरका स्वास्थ्य सेवा आंशिक रुपमा ठप्प पार्ने निर्णय लिएको हो।
संघका महासचिव डा। सञ्जीव तिवारीद्वारा शुक्रबार जारी गरिएको विज्ञप्तिअनुसार, चिकित्सकहरू दिनरात नभनी बिरामीको सेवामा खटिरहेका छन्, तर तिनै चिकित्सकहरूलाई सजाय र अपमानको भारी बोकाउने काम भइरहेको छ।संघको भनाइ छ— यो अन्यायपूर्ण आदेश खारेज नगरेसम्म संघर्षको बाटो नछाडिनेछ।
संघले आन्दोलनका चरणबद्ध कार्यक्रम पनि सार्वजनिक गरिसकेको छ। शुक्रबार देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा संघका शाखाहरूले प्रमुख जिल्ला अधिकारीमार्फत विरोध ज्ञापनपत्र बुझाएका छन्। आइतबार चिकित्सकहरूले आफ्नै कार्यस्थलमा एक घण्टा धर्ना दिनेछन्।
आन्दोलनको अर्को चरणमा, श्रावण २४ गते नेपाल मेडिकल काउन्सिलमा आफ्नो प्रमाणपत्र बुझाउने अर्थात् चिकित्सकीय जिम्मेवारी त्याग्ने चेतावनीसमेत संघले दिएको छ।