गभर्नर अधिकारीको मुद्दामा फैसला भएन, कहिले हुन्छ सुनुवाई ?
वि.सं.२०७९ वैशाख १३ मंगलवार १८:१६
3.76K
shares
shares
काठमाडौं, १३ वैशाख। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा आज फैसला हुन सकेन । सरकारले आफू विरुद्ध जाँचबुझ समिति गठन गरेर निलम्बनमा परेपछि त्यसविरुद्ध गभर्नर अधिकारी सर्वोच्च अदालत गएका थिए । तर यस मुद्दामा सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुने भएको छ ।
सरकारको निर्णयविरुद्ध अधिकारीले दिएको रिटमा सर्वोच्च अदालतले यसअघि १३ वैशाखसम्म सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । मंगलबार न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।