Dhulikhel Eco Banner new

कुमारी बैंकको सीईओमा खनाल नियुक्त, को हुन् खनाल ?

5.84K
shares

काठमाडौं। कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन्।

बैंकको मंगलबार अबेर बसेको संचालक समिति बैठकले ४० वर्षे खनाललाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। यससँगै उनी नेपालका वाणिज्य बैंकका सीईओहरुमा युवा प्रमुख कार्यकारीमध्येमा समेत परेका छन्।

खनाल यसअघि कुमारीमै कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए। वित्तीय क्षेत्रमा १० वर्षभन्दा लामो अनुभव भएका खनाल चार्टर्ड एकाउन्टेन्ट समेत हुन् । उनले यसअघि एनआईसी एसिया क्यापिटलको पनि सीईओको जिम्मेवारी निर्वाह गरिसकेका छन्।

एनआईसी एसिया क्यापिटलबाट उनी कुमारी गएका थिए। यसबाहेक सिद्धार्थ बैंक, एनआईसी एसिया बैंक लगायतमा सिनियर तहमा बसेर काम गरेको अनुभव पनि छ उनीसँग।