रञ्जना सिनेप्लेक्समा हप्तामा २ दिन सस्तोमा फिल्म हेर्न पाइने
वि.सं.२०७९ वैशाख १४ बुधवार ०९:४३
3.54K
shares
shares
काठमाडौं, १४ वैशाख । न्युरोडस्थित रञ्जना सिनेप्लेक्सले साताको दुई दिन १७५ रुपैयाँमै टिकट उपलब्ध गराउने भएको छ । प्रत्येक बुधबार र बिहीबार उक्त मूल्यमा दर्शकले प्रदर्शन भइरहेका जुनसुकै फिल्म हेर्न पाउने भएका छन् । अघिपछि भने टिकटको मूल्य ३५० रुपैयाँ कायमै छ ।
गत चैत ११ देखि पुनः सञ्चालनमा आएको हलमा अहिले ‘केजीएफ च्याप्टर २’ र ‘ए मेरो हजुर ४’ प्रदर्शन भइरहेका छन् । मल निर्माण गर्न भन्दै २०६५ साल भदौमा बन्द गरिएको रञ्जना हल तेलुगू फिल्म ‘आरआरआर’को प्रदर्शनसँगै पुनः सञ्चालनमा आएको थियो ।