Dhulikhel Eco Banner new

बन्दीपुर केबुलकारको आईपीओ बाँडफाँट

2.83K
shares

काठमाडौं, ३० भदौ । बन्दीपुर केबुलकार लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। भदौ ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको आईपीओमा २४ लाख २२ हजार १७७ जनाले आवेदन दिएका थिए, तर ४ लाख ३४ हजार १०८ जनाले मात्र शेयर पाएका छन्।

१७.९ प्रतिशत भाग्यमानी आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँडफाँट प्रक्रिया एसबीआई मर्चेन्ट बैंकिङले सोमबार बाँडफाँट गरेको हो। लक्की नम्बर ३ परेको छ।

कम्पनीको मुख्य व्यवसाय केबुलकार र होटल सेवा हो। बन्दीपुरमा कम्पनीले जेठ ३१, २०८१ देखि केबुलकार सेवा सुरु गरिसकेको छ भने होटल ‘क्वीन टावर’ मंसिरदेखि सञ्चालनमा आउने तयारीमा छ।

साथै, ड्राइभ–इन रेस्टुरेन्ट, मनोरञ्जन पार्क, जीप लाइन, स्काई साइक्लिङ जस्ता सेवा पनि कम्पनीले सञ्चालनमा ल्याएको जनाएको छ। केयर रेटिङ नेपालबाट बीबी रेटिङ पाएको कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं, कालीमाटीमा रहेको छ।