Dhulikhel Eco Banner new

नेप्सेमा पहिरोपछि पुँजी बजार सुधारका लागि कार्यदल गठन, पाँच दिनभित्र ठोस कार्ययोजना पेश गर्न निर्देशन

2.15K
shares

काठमाडौं, ३ असोज । जेनजी आन्दोलनपछि खुलेको बिहीबारको शेयर बजारमा नेप्से सूचकमा व्यापक गिरावट आएपछि अर्थ मन्त्रालयले पुँजी बजारमा देखिएका समस्या र विसङ्गति अध्ययन गर्न एक उच्चस्तरीय कार्यदल गठन गरेको छ।

अर्थ मन्त्रालयले पुँजी बजारको सुधार र लगानीकर्ताको मनोबल वृद्धिका लागि प्रणालीगत तथा प्रक्रियागत सुधारका उपायसहितको कार्ययोजना पेश गर्न कार्यदललाई पाँच दिनको समय दिएको छ।

अर्थमन्त्रीको असोज ३ गतेको निर्णयअनुसार गठन गरिएको कार्यदलको संयोजकमा धितोपत्र बोर्ड नेपालका कार्यकारी निर्देशक ९क।मु।० रुपेश के।सी। रहेका छन्। कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका कार्यकारी निर्देशक ९क।मु।० निरन्जन फूयाँल सदस्यका रूपमा छन् भने अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य–सचिवका रूपमा रहनेछन्।

मन्त्रालयका अनुसार कार्यदलले हाल देखिएको बजारको अस्थिरता समाधान गर्ने अल्पकालीन उपाय मात्र नभई दीर्घकालीन रूपमा पुँजी बजार सुदृढ बनाउने ठोस सुझावसहितको कार्ययोजना ल्याउने अपेक्षा गरिएको छ।