Dhulikhel Eco Banner new

इको प्यानललाई ट्रेडमार्क प्रयोग रोक्न निर्देशन, कम्पनीलाई एकल हक पुष्टि

2K
shares

काठमाडौं, २८ कात्तिक ।  इकोप्यानल ट्रेडमार्कसम्बन्धी दीर्घकालीन विवादमा उद्योग विभागले इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि.को पक्षमा महत्वपूर्ण फैसला गरेको छ। कम्पनीले विपक्षी इको प्यानल नेपाल प्रा।लि। विरुद्ध दायर गरेको उजुरीका आधारमा उद्योग विभागले यसअघि दुई पटक मिति २०७९/०४/११ / २०८०/०७/२० ट्रेडमार्क प्रयोग रोक्न अन्तरकालीन आदेश जारी गरेको थियो।

उक्त प्रकरणमा विभागले अन्ततः मिति २०८२/०३/३० मा इकोप्यानल ट्रेडमार्कलाई इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि.को एकल स्वामित्व तथा हकभोगमा रहने गरी अन्तिम निर्णय सुनाएको छ । अन्तिम आदेशको कार्यान्वयनका लागि उद्योग विभागले मिति २०८२/०६/३१ मा जिल्ला प्रशासन कार्यालय भक्तपुर, नेपाल प्रहरी साइबर ब्युरो काठमाडौं तथा विपक्षी कम्पनीलाई औपचारिक पत्राचार गरेको छ।

कम्पनीले सार्वजनिक सूचना जारी गर्दै ट्रेडमार्कको नक्कल, दुरुपयोग वा अनधिकृत उत्पादन, प्रचार प्रसार, बिक्री वा वितरण कार्य नगर्न सबै पक्षलाई सचेत गराएको छ । साथै, प्रचलित कानुनविपरीत ट्रेडमार्कको अनधिकृत प्रयोग गर्ने वा गराउने विरुद्ध अविलम्ब कानुनी कारबाही सुरू गर्ने चेतावनी पनि दिएको छ।