सरकार विध्वंशको जगमा बनेको छ : एमाले महासचिव शंकर पोखरेल
वि.सं.२०८२ मंसिर ६ शनिवार १४:१४
1.47K
shares
shares

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारलाई “विध्वंशको जगमा बनेको” भन्दै कडा आलोचना गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित जनसभामा बोल्दै उनले सरकारले निर्वाचन गराउने बाटोमा कुनै प्रगति नगरेको आरोप लगाए।
उनका अनुसार, निर्वाचनको कुरा गरे पनि सरकारले त्यसतर्फ ठोस कदम नचालेको छ।
त्यसैगरी उनले प्रहरीको मनोबल वृद्धि र क्षमता विकासमा सरकार असफल भएको दाबी गर्दै, प्रहरी सबल नबन्दा शान्ति–सुरक्षामै प्रभाव पर्ने बताए।
















