सुपरमा ‘सुपरफ्लप’ भएका कार्कीले ताक्दैछन् नेरुडे–मिर्मिरे लघुवित्त
वि.सं.२०८२ मंसिर २२ सोमवार १२:४४
shares

काठमाडौं, २२ मंसिर । नेपालको लघुवित्त इन्ड्रष्ट्रीमै बद्नाम संस्था सुपर लघुवित्त वित्तीय संस्थाको असफल नेतृत्व गरेका निर्मल कार्कीले नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सीईओ बन्न दौडधुप गरेका छन् । सुपर लघुवित्त समस्याग्रस्त बने पछि नेपाल राष्ट्र बैंकले व्यवस्थापन नै जिम्मा लिएको थियोे ।
राष्ट्र बैंकले व्यवस्थापन जिम्मा लिएर कार्कीलाई संयोजक बनाएपनि उनले संस्थालाई ट्रयाकमा ल्याउन सकेनन् । उनको कार्यशैलीबाट रुष्ट बनेको राष्ट्र बैंकले उनको संयोजक पद नविकरण गरेन् । यसले पनि के पुष्टि हुन्छ भने उनी सुपर लघुवित्तमा ‘सुपरफ्लप’ भएका हुन् ।
उनलाई चिन्नेहरुले पनि सरकारीपाराको हाकिम भनेर टिप्पणी गर्ने गरेका छन् । कार्कीले सामुदायिक लघुवित्तमा पनि कार्यकारी नेतृत्वको रुपमा काम गर्ने अवसर पाएका थिए । त्यो अवसर पनि उनले सफल रुपमा पूरा गर्न सकेनन् । २०७८ साउन ३१ गतेबाट सामुदायिकको सीईओ बनेका उनी संस्थामा असफल भएर बीचमै बाटो तताउनु पर्ने बाध्यतामा पुगेका थिए ।
अहिले भने उनै कार्की नेरुडेमिर्मिरे लघुवित्त वित्तीय संस्थामा जान कम्मर कसेर लागेका छन् । नेरुडेमिर्मिरे लघुवित्तका ठूला लगानीकर्तामै पर्ने एक संस्थापकले दिएको जानकारी अनुसार अहिले उनी २ जना व्यक्तिहरुलाई फकाउने कोशिसमा छन् । ‘टेकबहादुर सर र सन्तोष सरलाई फकाउने उहाँले निकै प्रयास गर्नु भएको छ’ ति संस्थापक भन्छन्, ‘उहाँ जस्तो मान्छे सीईओ बन्ने हो भने संस्था झन खराब अवस्थामा पुग्न सक्छ ।’
टेकबहादुर बोहरा र सन्तोष फुयाँल साविक मिर्मिरेका पूर्व अध्यक्ष एवं अहिले नेरुडे मिर्मिरेका सञ्चालक हुन् । यस विषयमा बुझ्न उनलाई पटक–पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
















