एनएमबी बैंकले ‘एनएमबी इन्स्टा बाइ’ सुविधा सार्वजनिक
वि.सं.२०८२ मंसिर २२ सोमवार १७:१६
shares

काठमाडौं, २२ मंसिर । एनएमबी बैंकले क्रेडिट कार्ड सेवालाई झनै सहज र डिजिटल बनाउन ‘एनएमबी इन्स्टा बाइ’ नामक नयाँ सुविधा सुरु गरेको छ। यस सुविधामार्फत क्रेडिट कार्ड प्रयोगकर्ताले रु। ५,००० भन्दा बढीको कुनै पनि खरिद रकमलाई ६ देखि १२ महिनासम्म किस्तामा तोडेर तिर्न सक्नेछन्।
यसका लागि ग्राहकले आफ्नो खरिद बिल र पिओएस पर्ची १० दिनभित्र ई–एनएमबी मोबाईल एप वा बैंकको आधिकारिक वेबसाइटमा रहेको इन्स्टा बाइ पोर्टलमा राखेर प्रक्रिया पूरा गर्न सक्छन्।
यस सेवामा न्युनतम शुल्क, न्युन ब्याजदर, अगाडि भुक्तानी गर्दा कुनै जरिवाना नलाग्ने व्यवस्था तथा शाखा पुगिरहनु नपर्ने जस्ता सुविधाहरू उपलब्ध रहेको बैंकले जनाएको छ। स्वास्थ्य परिक्षण, यात्रा, दैनिक जीवनशैली, चाडपर्वलगायतका खर्चहरू सहज रूपमा व्यवस्थापन गर्न यस सेवा उपयोगी हुने विश्वास बैंकले गरेको छ। एनएमबी बैंकले हाल देशभर २०२ शाखा, १८४ एटिएम तथा ९ विस्तार काउन्टरमार्फत सेवा दिँदै आएको छ।
















