Dhulikhel Eco Banner new

नेरुडे मिर्मिरे लघुवित्तमा वरिष्ठलाई पाखा लगाउँदै कनिष्ठलाई कामू सीईओ

21.31K
shares

काठमाडौं, २५ मंसिर । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले अनुभव र वरिष्ठताको नियम बेवास्ता गर्दै वरिष्ठ सहायक प्रमुख कार्यकारी प्रमुख बिर्ख बहादुर बोहरालाई पाखा लगाई कनिष्ठ कर्मचारी ऋषी प्रसाद न्यौपानेलाई कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ।

सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले न्यौपानेलाई कामू सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो। संस्थाका तत्कालीन कामू सीईओ भागनारायण साहुले मंसिर २४ गतेदेखि स्वैच्छिक अवकाश (भिआरएस) लिएपछि नेतृत्व पद रिक्त बनेको थियो।

२०८२ असोज १३ गते बसेको सञ्चालक समितिको ३८१औँ बैठकले नायव कार्यकारी प्रमुखभन्दा निकटतम तल्लो पद ‘सहायक कार्यकारी प्रमुख’ मध्येका तीन कर्मचारी बिर्ख बहादुर बोहरा, ऋषि प्रसाद न्यौपाने र दिनेश कटुवालमध्ये ज्येष्ठता क्रममा पहिलो रहेका बोहरालाई पन्छाएर जुनियर कर्मचारी ऋषि प्रसाद न्यौपानेलाई का।मु। प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो।

बोहरा मिर्मिरे लघुवित्तमा कार्यकारी प्रमुख हुँदै नायव कार्यकारी प्रमुख तथा सहायक कार्यकारी प्रमुखसम्मको भूमिकामा पाँच वर्ष तीन महिना बिताइसकेका छन्।