प्रभु बैंकका सीईओ अशोक शेरचनसहित चार जनालाई ३ दिन म्याद थप
वि.सं.२०८२ मंसिर २६ शुक्रवार १७:२८
11.61K
shares
shares

काठमाडौं, २६ मंसिर । प्रभु बैंकका सीईओ अशोक शेरचनसहित ४ जनालाई ३ दिन म्याद थप गरिएको छ । सीईओ शेरचन र डिसीईओ मणिराम पोख्रेल, सिसिओ रिवाज श्रेष्ठ र रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्यलाई ५ दिन म्याद थप गरिएको सिआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिवकुमार श्रेष्ठले केटिएम भ्वाइसलाई जानकारी दिएका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बैंकिङ कसुरमा सीईओ शेरचन, डिसिईओ पोख्रेल, सिसिओ श्रेष्ठ र रेमिट्यान्स विभाग प्रमुख शाक्यलाई पनि पक्राउ गरेको थियो ।
















