वडा अध्यक्षको स्वतन्त्र उम्मेदवारलाई खुकुरी प्रहार गर्न खोज्ने व्यक्तिसँग कसरी भयो मिलापत्र ?

वि.सं.२०७९ वैशाख १४ बुधवार १४:३०
4.57K
shares
shares

रमेश पौडल बेलका । बेलका नगरपालिकामा एउटा विषयले निकै चर्चा पाएको थियो । बेलका ९ का स्वतन्त्र वडा अध्यक्षका उम्मेदवारलाई खुकुरी लिएर खोज्दै हिडेका व्यक्तिको विषयलाई लिएर । तर अहिले वडा अध्यक्षको उम्मेदवार तेजमान विश्वकर्मा र ति खुकुरी प्रहर गर्न खोज्ने अमृत गौली बिच मिलापत्र भैसकेको छ ।
यस्तो थियो घटनाक्रम
तेजमान विश्वकर्मा बेलकाका नेकपा एमालेका नेता हुन । उनी नगरको कार्यपालीका सदस्य भएर समेत एक कार्यकाल काम गरिसकेका छन् । पार्टीले उनी भन्दा जुनियर व्यक्तिलाई टिकट दिएको भन्दै विश्वकर्माले स्वतन्त्र उम्मेदवारी दिएको बताउदै आएका छन् ।
आइतबार ११ गते उनले मनोनयन दर्ता गराएर र्फिनिन्दै थिए । रामपुर बजार बरपिपल छेउमा अमृत गौलीले ओइ उम्मेदवारी दिईस ? भनेर सोधे ।
विश्वकर्माले हजुर दिए त । भनेर नरम तरिकाले जवाफ दिए ।
उनी त्यो सुन्ना साथ अलि ठूलो स्वरमा भने, त मुलालाई केको भोट हाम्रो रीताले उम्मेदवारी हालेको छ, तलाई के को भोट ? जा कोशिमा हात धुएर आईज । गौलीले भने ।
विश्वकर्माले जवाफ दिए, हैन आफुलाई लागेको मान्छेलाई भोट दिने हो । यो राजनीतिक कुरा हो, जो उठे पनि अफुलाई मन लागेको मान्छेलाई भोट दिने हो । भनेर जवाफ दिए ।
त्यो सम्पुर्ण घटनाक्रम गौलीका सम्धी (अमर कार्की)ले समेत देखि रहेका थिए । त्यसको भोलिपल्ट गौलीका सम्धी ज्वाइ (गौलीका छोरा)को घरमा गएर सम्झाउदै भने, तपाईको बुवा पहिले पनि विष खाई सक्नु भएको, फेरी रक्सी खाएर अलि बडी बडी बोल्न थाल्नु भएछ, वुवालाई सम्झाउन आग्रह गरे ।
छोराले के भएको हो भनेर सोध्दा बजारमा भएको घटनाक्रम बेलि विस्तार लगाएर सुनाए ।
साझ ६ बजे गौली घर आउन साथ छोराले बुवालाई सम्झाउँदै त्यस्तो नर्गन आग्रह गरे ।
त्यसपश्चात गौली आक्रोशमा आएर खुकुरी लिएर बिश्वकर्मालाई बजार बजार खोज्दै हिड्न थाले, गौलीले खोज्दै खोज्दै घरमा आएका थिए तर, बिश्वकर्मा तिलक तामाङको घरमा लुकेर ज्यान बचाए ।
विश्वकर्माले गौलीको नातामा साला पर्नेलाई फोन गरेर घटनाक्रम बताए । लगत्तै विश्वकर्माले फेरी प्रहरीलाई समेत खबर गरे र प्रहरी घटना स्थलमा पुग्यो । प्रहरीले खुकुरी र मान्छे दुवैलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय रामपुर लग्यो ।
(उक्त कुरा तेजमान विश्वर्कासँगको कुराकानीका आधारमा)