मर्जरको पर्यायवाची बन्यो ग्लोबल आइएमई, नम्वर वानको ताज कायमै

1.85K
shares

काठमाडौं, २५ पुस । बैंक अफ काठमाण्डूलाई गाभ्दै एकिकृत कारोबार शुभारम्भसँगै ग्लोबल आइएमई बैंकले नेपाली बैंकिङ इतिहासमा आफूलाई फरक ढंगले प्रस्तुत गरेको छ । ग्लोबल आइएमई बैंकले सफल मर्जर गराएर इतिहास कायमात्रै गराएन मर्जरको पर्यायबाची नै बन्यो । बैंकिङ क्षेत्रका जानकारहरु अब मर्जर कसरी गराउने भन्ने विषयमा ग्लोबल आइएमईबाट सिक्नु पर्ने बताउछन् ।

मर्जर पश्चात बैंकले नम्बर वानको ताज पनि कायमै राखेको छ । यस अघि पनि बैंकले ‘बिग मर्जर’ मर्जरको इतिहास रचेको थियो । नेपाल कमर्ज एण्ड ट्रष्ट, जनता बैंक नेपाल, बैंक अफ काठमाण्डू जस्ता कमर्सियल बैंकहरुको सफल मर्जर गरेर बैंकले बैंकिङ इतिहासमै नयाँ रेकर्ड राखेको छ । यो रेकर्ड सायदै अरु बैंकहरुले तोड्लान् ।

५ खर्बको सम्पत्ति, ४० लाख भन्दा धेरै ग्राहक

मर्जर पछि धेरै सूचकहरुमा ग्लोबल आइएमई बैंक नम्बर वान नै स्थानमा रहेको छ । बैंकको कुल सम्पति ५ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ भने बैंकको कुल पुँजी ५७ अर्ब, कुल निक्षेप ४०८ अर्ब, कुल कर्जा ३७६ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहेका छन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहेका छन् ।

दुई बैंकहरुको मर्जर पश्चात् कुल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशमा रहेका सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढी ग्राहकहरुसहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आईएमई बैंक लिमिटेड देशको सबैभन्दा ठूलो बैंक भएको छ ।

त्यो गर्विलो इतिहास

ग्लोबल आइएई कसरी जन्मियो ? यो बुझ्न भने आज भन्दा २ दशक अघि पुग्नुपर्छ । ग्लोबल आईएमई बैंकलाई यो स्थानमा ल्याइपुर्याउन अध्यक्ष चन्द्र प्रसाद ढकालले निकै संघर्ष गरेका छन् । सबैलाई थाहा भएको कुरा हो, चन्द्र ढकालले पहिले रेमिट्यान्स कम्पनी आईएमई सञ्चालनमा ल्याएका थिए । अहिले रेमिट्यान्सको पर्यायवाची नै बनेको छ आईएमई । शुरुआती समय भने सजिलो थिएन । रेमिट्यान्स कारोबार गरिरहेका वाणिज्य बैंकहरूसँग आईएमईले कडा प्रतिस्पर्धा गर्नुपर्‍यो ।

आफ्नै बैंक वा वित्तीय संस्था हुने हो भने रेमिट्यान्सको रकम आफ्नै संस्थामा बचत हुनसक्ने र ठूला बैंकहरूसँग प्रतिस्पर्धा गर्न पनि सहज हुने ढकालले सोचे । त्यसमा धेरै सोचविचार गरेपछि उनले वाणिज्य बैंक खोल्ने योजना बनाए । काठमाडौंमा मात्र प्रधान कार्यालय भएका वाणिज्य बैंकहरू रहेको त्यो बेला राष्ट्र बैंकले बाहिर मात्र बैंक खोल्न दिने नीति अख्तियार गरेको थियो । ‘हामीले वीरगञ्ज हेड अफिस रहने गरी ग्लोबल बैंक दर्ताका लागि १८ जना प्रमोटर मिलेर निवेदन दियौं’ ढकाल सम्झन्छन् ।

निवेदन दिएको केही समयपछि राष्ट्र बैंकले आफ्नो नीति परिवर्तन गर्दै काठमाडौंमै पनि हेड अफिस राख्न दिने बनायो । त्यसपछि काठमाडौं नै प्रधान कार्यालय रहने गरी ग्लोबल बैंकले सञ्चालन अनुमति पायो । आईएमई फाइनान्स र ग्लोबल बैंकको छुट्टाछुट्टै कारोबार चलिरहेको थियो । राष्ट्र बैंकले क्रश होल्डिङ भएका अर्थात् एक भन्दा धेरै संस्थामा एकै शेयरधनी भएका बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जर गराउने नीति लियो । यो नीति कार्यान्वयन गर्ने आईएमई पहिलो बन्यो । तत्कालै आईएमई फाइनान्स र ग्लोबल बैंक मर्ज भए ।

तत्कालीन ग्लोबल बैंक, आईएमई वित्तीय संस्था र लर्ड बुद्ध फाइनान्स आपसमा गाभिए पछि सन् २०१२ मा ग्लोबल आईएमई बैंकको रूपमा कारोबार शुरु भएको थियो । त्यसअघि ग्लोबल बैंक ‘क’ वर्गको बैंकको रूपमा २००७ मा स्थापना भएको हो । त्यसबेला रु.१ अर्ब चुक्ता पुँजी लिएर स्थापना भएको ग्लोबल बैंक अन्य संस्थालाई मर्ज गर्दै, पुँजी बढाउँदै अघि बढिरहेको थियो ।

देशको ठूलो वाणिज्य बैंक बनेको ग्लोबल आईएमई बैंक अन्य बैंक तथा वित्तीय संस्थालाई आफूसँग गाभ्न पहिल्यैदेखि अभ्यस्त थियो । स्थापनाको १२ वर्षमा यो बैंकमा आईएमई बाहेककै १८ संस्था विलय भइसकेका छन् । यसअघि तीन वाणिज्य बैंक सहित १८ बैंक तथा वित्तीय संस्थाको अस्तित्व यसले आफूमा समाहित गरेको छ । ग्लोबल आईएमई बैंक, बैंक अफ काठमाण्डू, जनता बैंक नेपाल र कमर्स एण्ड ट्रष्ट बैंक यसमा गाभिए । बाँकी १५ वटा विकास बैंक तथा फाइनान्स कम्पनी यसमा विलय भए ।

गुल्मी विकास बैंक, सोसल डेभलपमेन्ट बैंक, रिलायवल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, कन्जुमर डेभलपमेन्ट बैंक, त्रिवेणी विकास बैंक यसमा मिसिएका छन् । यस्तै, ड्राइ डेभलपमेन्ट, ब्राइट डेभलपमेन्ट, पब्लिक डेभलपमेन्ट र सिद्धार्थ डेभलपमेन्ट बैंक पनि ग्लोबलमा मिलेका छन् । आईएमई फाइनान्स, लर्ड बुद्ध फाइनान्स, हाथ वे फाइनान्स, शुभलक्ष्मी फाइनान्स र नेपाल आवास फाइनान्स पनि ग्लोबलमा अटाएका छन् ।


franklin 1200*150