GBIME

उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष घिमिरे भन्छन्- नीति तथा कार्यक्रम कार्यान्वयनमा शंका छ

990
shares

काठमाडौं, ५ जेठ । नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष भीम घिमिरे नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनमा शंका व्यक्त गरेका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको नीति तथा कार्यक्रम पछि प्रतिक्रिया दिदैँ अध्यक्ष घिमिरेले यस अघिका नीति तथा कार्यक्रमहरु कार्यान्वयन नभएको भन्दै शंका व्यक्त गरेका हुन् ।

‘नीति तथा कार्यक्रम हरेक वर्ष प्रस्तुत गरिने प्रचलन उस्तै हुन् । कार्यान्वयन जहिले पनि समस्या ग्रस्त नै हुन्छ,’ उनले भने । नीति ल्याएर मात्रै नहुने भन्दै यसको कार्यान्वयनमा पनि विशेष ध्यान दिनु पर्ने उनको भनाइ थियो ।

सरकारले भनेको कुरा नपुग्ने भएकाले आम जनतामा निराशा छाउने उनले बताए । ‘आशा गरौँ  यो पटक त्यस्तो नहोस्,’ उनले भने ।