GBIME

विज्ञापनको वैज्ञानिक कर लागू गर्न माग गर्दै ७ दिनदेखि व्यवसायीहरु धर्नामा (भिडियो सहित)

942
shares

काठमाडौं, ७ वैशाख । काठमाडौंको बबरमहलमा रहेको विज्ञापन बोर्डको बाहिर पट्टि व्यवसायीहरु धर्नामा बसेका छन् । जथाभावि विज्ञापनको कर तोकिएको तथा ठेक्का दिएर कर उठाउने काम बन्द गर्न माग राखेर विज्ञापनसँग सम्बन्धित संघ संस्थाहरुले धर्ना दिइरहेका छन् । धर्ना कार्यक्रममा साईनेज एशोसिएसन नेपाल, नेपाल कमर्शियल आर्टिष्ट संघ र नेपाल सटर तथा भित्रे लेखन कला समितिमा आवद्ध व्यवसायीहरु सहभागि रहेका छन् ।

धर्नामा बसेका व्यवसायीहरुले साइनबोर्ड र भित्तेलेखन हटाउने कार्य बन्द गरे, पारदर्शी वैज्ञानीक र व्यवसाय मैत्री विज्ञापन कर लागू गर, बाह्य विज्ञापन व्यवसायलाई उद्योग सरहको मान्यता प्रदान गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका छन् । उनीहरुले राज्यले भित्तेलेखन, साईनबोर्ड लखेनमा संलग्न भएका व्यवसायीहरुलाई निरुत्साहित गर्ने गरि निर्णय गरेकाले आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।

विज्ञापन कर बढाएका कारणले आफूहरु आन्दालनमा उत्रिनु परेको साईनेज एशोसिएसनका अध्यक्ष सूर्य बहादुर कार्कीले जानकारी दिए । ‘स्थानीय सरकारले ठेक्का लगाएर काम गर्ने कारणले गर्दा व्यवसायीहरु मर्कामा परेका छन् । यस तर्फ राज्यले ध्यान नदिएका कारण बाध्य भएर सडकमा आउनु परेको हो,’ उनले भने । ठेक्का लगाएर काम गर्दा राज्यको राजस्व गुमिएरहेको उनको भनाइ छ ।

ठेक्काबाट काम गर्दा गुण्डागर्दि र तस्करी बढेको भन्दै जथाभावि काम गर्दा यो पेसामा लागेका व्यवासायीहरु मर्कामा परेको उनले बताए । ठेक्का पाएका व्यक्तिहरुबाट कम्पनीका बोर्डहरुमा धावा बोल्ने काम भइरहेको उनले सुनाए । ‘अहिलेको अवस्थामा काम गरेर व्यवसायीले १०० रुपैयाँ कमाउँछ भने १ हजार रुपैयाँ कर तिर्नु पर्ने व्यवस्था गरिएको छ । यसले व्यवसायीलाई टिक्नै गरो भइरहे छ । हामीले वैज्ञानीक कर लागू गर्न भनिरहेका छौँ,’ उनले भने । लागतभन्दा बढी कर लिने यस्तो व्यवस्था संसारमा कहि पनि नरहेको भन्दै यसले व्यवसायी पलायन भइरहेको बताए ।

राज्यले व्यवसायीलाई विस्थापित गरेर विचौलियालाई पोस्ने काम गरेकाले आन्दोलनमा उत्रिनु परेको नेपाल कमर्शियल आर्टिष्ट संघका अध्यक्ष चन्द्र राजवंशीको भनाइ छ । ‘व्यवसायीलाई धराशायी बनाउने नीति नियम परिवर्तन गर्नु पर्ने र वैज्ञानीक रुपमा विज्ञापन कर तोकिनु पर्छ,’ उनले भने । व्यवसायीलाई सिध्याउनका लागि नै लागतभन्दा १० औँ गुणा बढी कर तोकिएको उनको आरोप छ ।

आफन्त खोजेर ठेक्का दिएका कारण राज्य र व्यवसायी ठगिरहेको नेपाल कमर्शियल आर्टिष्ट संघका महासचिव चित्र बहादुर कार्कीको भनाइ छ । ‘व्यवसायीसँग समन्वय गरेर विज्ञापन कर लिएको खण्डमा व्यवसायी र राज्यलाई फाइदा हुने थियो तर त्यहाँ त्यसो हुन सकेको छैन्,’ उनले भने । राज्य कमिसनको खेलमा लागेर यस्तो गरेको उनको आरोप छ । संविधानमा भएको कुरालाई पनि नीति बनाउने ठाउँमा बस्नेहरुले लत्याएको उनको आरोप थियो । ‘संविधानमा देवनागरिक लिपिमा लेख्नु पर्छ भनिएको सवारीको नम्बर प्लेट पनि इम्बोष्ट बनाएर यहाँ चलखेल भइरहेको छ,’ उनले भने ।

अहिलेको ठेक्का प्रथा सहि रुपमा सञ्चालन नभएकाले व्यवसायीहरु मार परेकाले आन्दोलनमा आउनु परेका अर्का व्यवसायी दिपक नेपालको भनाइ छ । स्थानीय सरकार नहुँदा एक रुपमा रहेको कर स्थानीय सरकार आए पछि पालिका अनुसार फरक बनाइएको उनको गुनासो छ । ‘काठमाडौं महानगरपालिकाले आफैले कर उठाइरहेको छ । तर धेरै पालिकाहरुले ठेक्का दिइरहेका छन् । यो अवस्थामा देश भर नै विज्ञापनको रेट फरक हुँदा कम्पनीलाई विज्ञापनका लागि रकम छुट्याउनका लागि पनि समस्या भइरहेको छ,’ उनले भने ।

न्दोन नगरेसम्म कुनै पनि कुराको सुनुवाई नहुने भएकाले आफूहरु सडकमा आउनु परेको अर्का व्यवसायी रोहित मैनालीले बताए । ‘हाम्रो माग गरि खान देउ भन्ने छ । जथाभावि कर लिनु भएन, वैज्ञानी रुपमा विज्ञापन कर प्रणाली लागू गरिदिनुस् भन्ने हो,’ उनले भने ।

Dhulikhel Eco Resort 1200*100