GBIME

संसारमा सबैभन्दा कम ब्याजदर नेपालमा छ : सिइओ ओझा

2.83K
shares

काठमाडौं, ११ जेठ । आरएमडिसि लघुवित्त वित्तीय संस्थाका पुर्व सिइओ ज्योति चन्द्र ओझाले संसारमा सबैभन्दा कम ब्याजदर भएको देश नेपाल रहेको बताएका छन् । लघुवित्तको क्षेत्रको वर्तमान अवस्थाको विषयलाई लिएर केटीएम भ्वाइसले ओझासंग गरेको कुराकानीमा लघुवित्तले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।

‘लघुवित्त क्षेत्रले ठगी गरे भन्ने कुरा म स्वीकार गर्दिन ।’ उनले भने, ‘ संसारमा सबैभन्दा कम ब्याजदर भएको देश नेपाल हो ।’ लघुवित्त क्षेत्रमा विभिन्न आलोचना भइरहेको र यो आलोचना भएका विषयहरुलाई सुधार गर्नुपर्ने उनको भनाई छ ।

नेपालको प्रमुख समस्या गरिबी, बेरोजगारी र आर्थिक असमानता रहेको र यो चुनौतीहरु सामना गर्न लघुवित्त क्षेत्र एकदमै प्रभावकारी माध्ययम रहेको समेत उनले बताए ।

उनले लघुवित्तको पनि केही कमि कमजोरी रहे तापनि आन्दोलन गर्ने समूहले भने को जति गल्ति नभएको दावी गरेका छन् । ‘केहि कमी कमजोरी हुन सक्छ तर अहिलेको समस्या सिर्जना हुनुको मेन कारण नै लघुवित्त कै कारण भन्दा पनि दुई संस्थाबाट ऋण लिनेहरुले गर्दा समस्या भएको हो ।’ उनले भने ।

Premier Steel Banner