GBIME

कार्यान्वयनको पक्ष फितलो हुनुहुँदैन : सांसद शाही

546
shares

काठमाडौं, १५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारको बजेट भाषण स्वीकार्न योग्य रहेको बताएका छन् ।

बैठक पछि आफ्नो प्रतिक्रिया राख्दै उनले बजेटमा राम्रो पक्षहरु समेटिएको बताएका हुन् । गाँजा खेतीको सम्भाव्यतालाई अध्ययन गर्ने जस्ता पक्षहरु राम्रो भएको बताए पनि कार्यान्वयनको पक्षमा भने असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले भने, ‘बजेट त्यति नराम्रो छैन् तर कार्यान्वयनको पक्षलाई राम्रोसंग अगाडी बढाउनुपर्छ । कार्यान्वयन फितलो हुनुहुँदैन ।’