Nepal Life Banner (End Date 5 Magh 2081)

राजस्व र व्यय माथिको छलफलमा उठेको प्रश्नको अर्थमन्त्री महतले जवाफ दिँदै

2.08K
shares

काठमाडौं, २६ जेठ । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठकमा आज राजस्व र व्यय माथिको छलफल जारी रहनेछ । संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक बिहान ११ः३१ बजे शुरु हुने छ ।

सरकारले गत जेठ १५मा आगामी आर्थिक वर्ष ०८०/८१ का लागि बजेट सार्वजनिक गरेको थियो । सोहि बजेटको सन्दर्भमा राजस्व र व्यय माथिको छलफलमा दुवै सदनमा सांसदहरुले आ–आफ्ना धारणा राख्दै आएका छन् ।

आज पनि राष्ट्रिय सभाका सांसदहरुले आफ्नो धारणा राख्ने र सो माथि उठेको प्रश्नको जवाफ अर्थमन्त्री प्रकाश शरण महतले दिने कार्यसूची तय भएको संसद सचिवालयले उल्लेख गरेको छ ।