GBIME

२०२४ मा इन्धनको औसत मूल्य २.३ प्रतिशतले घट्ने प्रक्षेपण

534
shares

काठमाडौं, २९ माघ । सन् २०२४ मा इन्धनको वार्षिक औसत मूल्य २.३ प्रतिशतले घट्ने अन्तराष्ट्रिय मुद्रा कोषको प्रक्षेपण रहेको छ ।

सोमबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा इन्धनको मुल्य घट्ने बताएको हो ।

सन् २०२२ मा इन्धनको वार्षिक औसत मूल्य ३९.२ प्रतिशतले वृद्धि भएकोमा सन् २०२३ मा १६.० प्रतिशतले कमी आएकोअनुमान छ । सन् २०२४ मा इन्धनको वार्षिक औसत मूल्य २.३ प्रतिशतले घट्ने कोषको प्रक्षेपण रहेको छ ।

त्यस्तै, सन् २०२२ मा ५.२ प्रतिशतले विस्तार भएको विश्व व्यापार आयतन सन् २०२३ मा ०.४ प्रतिशतले विस्तार हुने अनुमान छ । सन् २०२४ मा यस्तो व्यापार आयतन सुधार भई ३.३ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ ।

मुद्रास्फीतिमा सुधार आएतापनि लक्षित सीमाभित्र आइनसकेको र मूल्यमा अझै जोखिम रहेका कारण विश्वका अधिकांश केन्द्रीय बैंकहरुले अझैनीतिगत दरलाई स्थिर राखेका छन् । अमेरिकी फेडरल रिजर्भले सन् २०२३ जुलाईमा फेडरल फण्ड रेट वृद्धि गरी ५.२५–५.५० प्रतिशत पु¥याएकोमा सन् २०२४ जनवरीमा पनि सोही नीतिगत दरलाई निरन्तरता दिएको छ ।

बैंक अफ ईंग्ल्याण्डले पछिल्लो पटक सन्२०२३ अगष्टमा बैंक दर ०.२५ प्रतिशतले वृद्धि गरी ५.२५ प्रतिशत पु¥याएकोमा सन्२०२४ फेब्रुवरीमा सो दरलाई निरन्तरता दिएको छ । युरोपियन सेन्ट्रल बैंकले पछिल्लो पटक सन्२०२३ सेप्टेम्बरमा निक्षेप दर र सीमान्त कर्जा दरमा ०.२५ प्रतिशतले वृद्धि गरी क्रमश ४.० प्रतिशत र ४.७५ प्रतिशत बनाएकोमा सन्२०२४ जनवरीमा यसैलाई निरन्तरता दिएको छ ।

भारतीय रिजर्भ बैंकले सन् २०२३ फेब्रुअरीदेखि रिपो रेटलाई ६.५० प्रतिशत र स्थायी तरलता सुविधाको ब्याजदरलाई ६.७५ प्रतिशत कायम गरेकोमा सो दरहरुलाई यथावत नै राखेको छ ।

विश्वका केन्द्रीय बैंकहरुले कसिलो मौद्रिक नीति अवलम्बन गरी मुद्रास्फीति घटाउन सफल भएका छन् । विकसित अर्थतन्त्रहरुको मुद्रास्फीतिमा उल्लेख्य सुधार आएको छ । सन् २०२२ मा विश्वको औसत उपभोक्ता मुद्रास्फीति ८.७ प्रतिशत रहेकोमा सन्२०२३ मा ६.८ प्रतिशत रहेको अनुमान छ ।

सन् २०२४ मा विश्वको औसत उपभोक्ता मुद्रास्फीति ५.८ प्रतिशत रहने कोषको प्रक्षेपण छ । सन् २०२२ मा विकसित र विकासोन्मुख मुलुकहरुको मुद्रास्फीति क्रमशः ७.३ प्रतिशत र ९.८ प्रतिशत रहेकोमा सन् २०२३ मा क्रमशः ४.६ प्रतिशत र ८.४ प्रतिशत रहेको अनुमान छ । सन् २०२४ मा यी अर्थतन्त्रहरुको मुद्रास्फीति क्रमशः २.६ प्रतिशत र ८.१ प्रतिशत रहने प्रक्षेपण छ ।

सन् २०२३ मा छिमेकी मुलुकहरु भारत र चीनको अर्थतन्त्र क्रमशः ६.७ प्रतिशत र ५.२ प्रतिशतले विस्तार भएकोअनुमान रहेको छ । यस्तो वृद्धिदर सन् २०२४ मा क्रमशः ६.५ प्रतिशत र ४.६ प्रतिशत रहने कोषको प्रक्षेपण छ ।

सन् २०२२ मा ३.५ प्रतिशतले विस्तार भएको विश्व अर्थतन्त्र सन् २०२३ मा ३.१ प्रतिशतले वृद्धि भएकोअन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमान छ । सन् २०२४ मा पनि विश्व अर्थतन्त्र ३.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण रहेको छ ।

सन् २०२२ मा २.६ प्रतिशतले विस्तार भएको विकसित अर्थतन्त्रको वृद्धिदर सन् २०२३ मा १.६ प्रतिशतमा सीमित हुने र सन् २०२२ मा ४.१ प्रतिशतले विस्तार भएको उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर सन्२०२३ मा ४.१ प्रतिशतले वृद्धि भएको अनुमान रहेको छ । सन् २०२४ मा विकसित अर्थतन्त्रको वृद्धिदर १.५ प्रतिशत र उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण छ ।

Dhulikhel Eco Resort 1200*100