Dhulikhel Eco Banner new

धितोपत्र बोर्डले रोक्यो रिलायन्सको आईपीओ

1.91K
shares

काठमाडौं, २६ असार । नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ प्रणालीमार्फत ल्याउन लागेको रिलायन्स स्पिनिङ मिलको आईपीओ रोक्ने भएको छ । रिलायन्सको वित्तीय विवरणको आधारमा लेखा समितिले उठाएको प्रश्न तथा नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल बक्यौता तिर्न ताकेता गर्दै लाइन कटौती गरिदिएपछि बोर्डले तत्काल आईपीओ जारी प्रक्रिया रोक्ने निर्णय गरेको हो ।

पछिल्लो समय प्रकाशित वित्तीय विवरण र विद्युत महशुल बक्यौताका कारण उक्त कम्पनीको आईपीओ विवादमा आएको थियो । सार्वजनिक लेखा समितिले रिलायन्सको आईपीओमा जुन प्रश्न उठाएको छ, त्यो सार्वजनिक चासोको विषय हो । लेखा समितिले कम्पनीले तयार पारेको वित्तीय विवरणमा म्यानुपुलेशन भएका कारण यसबाट सर्वसाधारण लगानीकर्ता मारमा पर्ने भन्दै सोको जवाफदेहिताको विषयमा बोर्डमाथि प्रश्न उठाएको छ ।

रिलायन्सले आईपीओ जारी गर्न तयार पारेको वित्तीय विवरण र हाल सार्वजनिक गरेको वित्तीय विवरणमा रिलायन्सले प्रक्षेपण गरेको प्रतिसेयर आम्दानीमा ठूलो अन्तर देखिएपछि लेखा समितिले मंगलबार बोर्डलाई त्यस विषयमा स्पष्टतासहित एक हप्ताभित्र जवाफ पठाउन निर्देशन दिएको थियो । रिलायन्सले बुक विल्डिङ प्रणालीमार्फत यसअघि संस्थागत लगानीकर्तालाई आईपीओ बिक्री गरेपनि सर्वसाधारणलाई भने यही असार २७ गतेबाट बिक्री खुला गर्दैछ ।