Dhulikhel Eco Banner new

११ महिनामा भित्रियो १३ खर्ब २७ अर्ब रेमिटेन्स

2.29K
shares

काठमाडौं, २६ असार । चालु आर्थिक वर्षमा रेमिट्यान्स भित्रिने क्रम बढ्दै गएको छ। राष्ट्र बैंकका अनुसार जेठसम्ममा रेमिट्यान्स १९.३ प्रतिशतले बढेर १३ खर्ब २७ अर्ब ५१ करोड पुगेको छ । जेठ महिनामा मात्रै १ खर्ब २९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो । आर्थिक वर्षको अन्तिममा रेमिट्यान्स झनै बढेदै गएको केन्द्रीय बैंकको तथ्याँकले देखाउछ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले बढेर ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो ।जेठसम्ममा खुद ट्रान्सफर १७.३ प्रतिशतले बढेर १४ खर्ब ४३ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४२२,९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २६२,७०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४५९,४१५ र २६०,२६२ रहेको थियो ।