साउनमा महँगी ४.१ प्रतिशतले बढ्यो
वि.सं.२०८१ असोज १० बिहीवार १४:३८
shares
काठमाडौं, १० असोज । चालू आर्थिक वर्षको साउनमा महँगी ४.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिना साउनको तथ्यांकले यस्तो देखाएको हो।
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै खाद्यपदार्थ मूल्य ६.१७ प्रतिशत तथा गैर खाद्यपदार्थको मूल्य २.९४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
साउनमा आयात ०।६ प्रतिशतले घटेको अवस्थामा रेमिट्यान्स प्रवाह १८ प्रतिशतले बढ्दा शोधनान्तर स्थिति बचतमा गएको छ । राष्ट्र बैंकका अनुसार साउनमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा छ ।
राष्ट्र बैंककाअनुसार साउनमा विदेशी मुद्राको सञ्चिति ३१ करोड डलरले बढेर १५ अर्ब ५८ करोड डलर पुगेको छ । जसले १३.५ महिनाको बस्तु तथा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।