Dhulikhel Eco Banner new

एउटै मञ्चमा बालेन र समीक्षाको कटाक्ष

4.02K
shares

काठमाडौँ, १५ बैशाख । ३० गते हुन लागेको स्थानीय तहको निर्वाचमा काठमाडौँ महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र शाह (बालेन) र समिक्षा बास्कोटा बीच कटाक्ष चलेको छ ।

बालेन स्वतन्त्रबाट र समिक्षा विवेकशील साझा पार्टीबाट मेयरका उम्मेदवार हुन् । उनीहरुको कटाक्ष विवेकशिल साझाका अध्यक्ष रविन्द्र मिश्रले मेयर बन्न प्रस्ताव गरेको विषयलाई लिएर एउटै मन्चबाट कटाक्ष भएको हो ।

नेशनल कलेजले आयोजना गरेको “युवाको आशा र जिज्ञासा” कार्यक्रममा विद्यार्थीसँग अन्तरक्रिया गर्न बालेन र समिक्षा एउटै मन्चमा थिए ।

कार्यक्रमको दौरानमा बालेनले रविन्द्र मिश्रले आँफुलाई मेयरमा सघाउने तर विवेकशील साझाको चुनाव चिन्ह लिएर चुनाव लडने प्रस्ताव आएको तर आँफुले अस्वीकार गरेको बताए ।

त्यसको प्रतिवाद समिक्षाले तुरुन्तै गरि हालिन् । भलै कार्यक्रममा क्रमैसँग आफ्नो कुरा राख्न प्रस्तोताले आग्रह गर्दा समेत समिक्षाले माईक लिएर बालेनको कुराको खण्डन गरिरहिन्। त्यस्तो प्रस्ताव विवेकशिल पर्टीले नगरेको दावी समेत गरिन् ।

उनले भनिन्, “विवेकशिल साझाका अध्यक्ष रविन्द्र मिश्रको बालेन जिसँग भेट पक्कै भएको हो, वृहत बनाउने कुरा भएको हो, तर मेयर दिने कुरा कहिँ कतै भएको होईन । म यो पार्टीको जिम्मेवार व्यक्ति हुँ, अहिले फ्याक्ट चेक गर्ने हो भने म रविन्द्र जिलाई फोन लगाई दिन्छु, त्यसरी नभएको कुरा गरेर आम व्यक्तिलाई भ्रम छर्ने काम नगरिदिनुहोला ।”

बालेनले समिक्षाको खण्डनलाई लक्षित गर्दै कसमै खाएर भने, “मलाई मेयर बन्न गरेको प्रस्ताव साँचो हो, भगवान कसम मलाई त्यस्तो प्रस्ताव गरेकौ हो रविन्द्र जिले तर मैले नै नमानेको हो, हामी पार्टीगत हिसावले नजाने योजनामा रहेका थियौँ ।”

कार्यक्रममा नेकपा एमालेको तर्फबाट काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापित, काठमाडौँबाटै स्वतन्त्र उम्मेदवार सुनिल थापा, बुढानिलकण्ठ नगरपालिकाका स्वतन्त्र उम्मेदवार राजन कोईराला समेत वक्ताको रुपमा कार्यक्रममा आएका थिए ।