Nepal Life Banner

चुनावका बेला यस्तो छ बेलकाको सुरक्षा व्यवस्था

8.57K
shares

रमेश पौडेल/ बेलका / बेलका नगरपालिकामा स्थानीय तहको निर्वाचन नजिकिएसँगै सुरक्षा व्यवस्था अलि कडा गरिएको छ । चुनावको बेला भौझगडा र आपराधिक क्रियाकलाप बढ्ने भएकाले समेत चुनावमा सुरक्षा व्यवस्था कडा गर्ने गरिन्छ ।

सुरक्षा व्यवस्थाको प्रमुख जिम्मेवार निकाय भनेको प्रहरी हो । प्रहरीले नै समाजको सुरक्षा व्यवस्था हेर्ने गर्छ । भलै त्यसमा ससत्र प्रहरीले साथ दिएको होस् ।

चुनावि आचार संसित उल्लघन गर्नेको निकरानी गर्ने काम समेत प्रहरीले नै गर्ने गरेका छन् । बेलका नगरपालिकामा पनि प्रहरीले नै आचार संहिताको मुख्य निगरानी गरिरहेको छ ।

जिल्लाका मातहतमा रहेका सवै सुरक्षा निकायले नै सुरक्षा दिनेगर्छन् । जिल्ला तककै नेतृत्वमा सम्पुर्ण पालिकामा सुरक्षा समयन्त्र खटाईने गरीएको छ ।

बेलकाको हकमा इलाका प्रहरी कार्यालय उदयपुरको कमान्डमा खटिने छ । बेलकामा चुनावि आचार संहिता उल्लघन हुन नदिन २० जनाको प्रहरी टोली खटिएको छ । उक्तटोलीलाई सुचना आउन साथ तुरुन्त गएर आचार संहिता उल्लघन हुन नदिलने काम गर्ने इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको भनाई छ ।

बेलका नगरापालिकाको ९ वटै वडामा निर्वाचनको बुथ कहाँ कहाँ राख्ने भन्ने जानकारी इलाकाले जिल्लालाई गराईसकेको रापमुरका प्रहरी निरिक्षक सुवास खनालले केटिएम भ्वाइसलाई जाकारी दिएका छन् ।

खनाल केटिएम भ्वाइससँग भन्छन्, “हामीले निर्वाचन अधिकृतसँग समनय नगरेर अगाडी बढिरहेका छौँ, यहाँको प्रमुख राजनीतिक दललाई मैखिक रुपमा आचार संहिता उल्लघन नगरी प्रचार गर्ने भनेको छु, अब यो उम्मेदवारी फिर्ता लिने समय सकिएपछि सवै उम्मेदवार वा उनीहरुका प्रतिनिधिसँग बसेर छलफल गर्ने नै छौँ ।”

आचारसंहितामा के–कस्ता विषय समेटिएको छ?

स्रोतसाधनको बिषय

कुनै सार्वजनिक निकाय वा परियोजनाका स्रोतसाधन तथा सम्पत्ति चुनावी प्रचारमा प्रयोग गर्न नपाइने

निर्वाचन सम्बन्धी भेला तथा प्रचारप्रसार सरकारी भवन वा शैक्षिक संस्थाका परिसरमा गर्न नहुने

घरजग्गा धनीको स्वीकृतिबिना चुनावी प्रचारमा कसैको निजी सम्पत्तिको प्रयोग गर्न नहुने

कुनै योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण, अध्ययन वा अनुगमन गर्न नपाइने

दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि निर्वाचन अधिकृतको अनुमति लिएर बढीमा दुई वटा दुई पाङ्ग्रे वा तीन पाङ्ग्रे वा चार पाङ्ग्रे गाडी वा ती नचल्ने ठाउँमा चार वटासम्म घोडाको मात्र प्रयोग गर्न सकिने

प्रचार गर्ने तौरतरिका

बेलुका ७ बजे पछि प्रचार गर्ने नपाईने

राजनीतिक दल तथा उम्मेदवारको चुनाव चिन्ह अङ्कित पहिरन, लोगो, ट्याटुजस्ता साङ्केतिक सामग्रीको उत्पादन तथा प्रयोग गर्न नपाइने

ज्येष्ठ नागरिक, महिला, यौनिक तथा अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच वा चरित्रहत्या हुने गरी प्रचारप्रसार गर्नगराउन नहुने

सार्वजनिक आवागमनमा अवरोध हुने गरी जुलुस–आमसभाजस्ता प्रचारप्रसार गर्न नपाइने

सामाजिक सञ्जालमा सही वा झुटा खाताबाट भ्रामक प्रचार गर्न नपाइने

द्वेषपूर्ण भाषण वा कतै प्रकाशित वा प्रसारित सामग्रीको तोडमोड गर्न नपाइने

१८ वर्ष मुनिका व्यक्तिहरूलाई चुनावी प्रचारप्रसारमा प्रयोग गर्न नपाइने