बेलकाको उम्मेदवारबाट एक लाख बढी राजस्व संकलन

5.16K
shares

बेलका । बेलका नगरपालिकामा चुनावमा होमीएका उम्मेदवारहरुले तिरोको राजस्व एक लाख २९ हजार ७ सय ५० रुपैयाँ उठेको छ ।

नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराउन १५०० रुपैयाँ धरौटी राख्नुपर्छ । महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपमा विपन्न व्यक्तिलाई भने मनोनयन दर्ता शुल्क ७५० रुपैयाँ मात्र लाग्ने छ ।

वडा अध्यक्षमा उम्मेदवारी दिन १००० रुपैयाँ र वडा सदस्यका लागि ५०० रुपैयाँ लाग्नेछ ।

बेलकाको एक मेयर पदको लागि १० जनाको उम्मेदवारी परेको छ । जसमा १५ हजार रुपैँया उठेको निर्वाचन आयोजले जनकारी दिएको छ ।

एक उप–मेयर पदको लागि ७ जनको उम्मेदवारी परेकोमा ८ हजार २ सय ५० रुपैयाँ उठेको छ ।

त्यस्तै, ९ जना वडा अध्यक्षको लागि ४८ जनाको उम्मेदवरी परेको छ । जसबाट ४७ हजार रुपैयाँ उठेको छ ।

सवै ९ वटै वडाको १८ जना खुल्ला सदस्यको लागि ८१ जनाको उम्मेदवारी परेको थियो । जसबाट ४० हजार २ सय ५० रुपैयाँ उठेको छ ।

त्यस्तै ९ जना वडा सदस्यको लागि ३५ वटा वडा सदस्यको उम्मेदवारी परेको थियो । जसबाट ९ हजार २ सय ५० रुपैयाँ राजस्व उठेको छ ।

सवै वडामा ९ जना महिला दलित सदस्यमा ४० जनाको उम्मेदवारी परेको छ । जसबाट १० हजार रुपैयाँ राजस्व उठेको बेलका निर्वाचन आयोगले जानकारी दिएको छ ।