GBIME

बेलकामा ११ जनाले लिए उम्मेदवारी फिर्ता (नामसहित)

5.03K
shares

बेलका । बेलका नगरपालिकामा स्थानीय चुनावको लागि विभिन्न पदका ११ जनाले मनोनयन फिर्ता लिएका छन् ।

जसमा मेयरमा २, उप–मेयरमा १, वडा अध्यक्षमा २, खुल्ला सदस्यमा ५ र दलित महिला सदस्यमा १ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिता लिनेमा मेयरमा कृष्ण प्रसाद काफ्ले र उपेन्द्र विष्ट रहेका छन् । त्यस्तै उप–मेयरमा गंगासरि राई रहेकि छिन् । उनीहरु स्वतन्त्र उम्मेदवार थिए ।

त्यस्तै वडा अध्यक्ष द्धय सागर धमला र हरि कुमार राई रहेका छन् । राई जसपाको तर्फबाट उम्मेदवारी फिर्ता लिएका हुन् भने धमला स्वतन्त्र थिए ।

त्यस्तै खुल्ला सदस्यमा जितन राई, गंगा राम राई, चन्द्र बहादुर कार्की, जसोदा चौधरी र कुमारी राई रहेका छन् । जसमा जितेन र गंगा जसपाबाट, कार्की र चौधरी राप्रपाबाट र कुमारी स्वतन्त्र रहेका छन् ।

अर्को दलित महिला सदस्यमा भिम कुमारी विश्वकर्मा रहेकी छिन् । उनी जसपाबाट उम्मेदवारी दिएकी थिईन् ।

उम्मेदवारी फिर्ता लिने सवैले आफुखुशी फिर्ता लिएको बेलका निर्वाचन आयोगले जानकरी दिएको छ ।