GBIME

अब चुनाव लड्दिनँ : पोखरा एमाले मेयर उम्मेदवार

1.15K
shares

पोखरा १७ वैशाख। पोखरा महानगरपालिकाबाट नेकपा एमालेका मेयरका उम्मेदवार कृष्णबहादुर थापाले अर्को चुनाव नलड्ने घोषणा गरेका छन् ।

थापाले एमालेमा अर्को पुस्ता तयार भइसकेको र चुनावमा प्रतिस्पर्धा गर्न सजिलो नभएको भन्दै अर्को पटक उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

‘पार्टीमा चुनाव लड्न महाभारत छ । स्वभाविक रुपमा अर्को पुस्ता पनि अब करिब करिब पार्टीले तयार पारिसकेको अवस्था छ, म आज आदरणीय नेतालाई साक्षी राखेर अर्को पटक चुनाव नलड्ने घोषणा गर्दछु ।’ थापाले चुनावि घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै भने ।

थापाले उक्त घोषणा गर्दा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव पद्‍मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारी लगायत नेताहरु मञ्चमा थिए ।

थापा पोखराका पूर्वमेयरसमेत हुन् । उनी ०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्य समेत हुन् ।

बहालवाला प्रदेश सांसदले पोखराको मेयरको उम्मेदवारी नछाडेको भन्दै एमालेकै एक पंक्ति उनीसँग असन्तुष्ट छन् ।

उनले मेयर जितेमा सेवा सुविधा नलिने र अंगदान दिने घोषणासमेत गरेका छन् ।

Dhulikhel Eco Resort 1200*100