Nepal Life Banner (End Date 5 Magh 2081)

बागी उम्मदेवारलाई धम्की दिएको छैँनः एमाले नेता बस्नेत

10.86K
shares

उदयपुर । नेकपा एमाले बेलका नगरापालिकाका नगर कमिटि अध्यक्ष गणेश बस्नेतले कुनैपनि बागी उम्मेदवारलाई धम्की नदिएको दावी गरेका छन् ।

उनले केटिएम भ्वाइससँग भनेका छन्, “हामीले कुनैपनि स्वतन्त्र (बागी) उम्मेदवारलाई धम्की दिएका छैनौँ, खासमा हामी(एमाले)ले उम्मेदवारी फिर्ता लिनु भनेर समेत भनेको छैन, किनभने हामीलाई उनीहरुको उम्मेदवारीले खासै कुनै फरक पर्दैन ।”

उनी अझ थप्छन्, “पार्टीको सच्चा सिपाई भएपछि पार्टीले जसलाई टिकट दिनन्छ उसलाई सघाउने हो, कसैले पार्टीले धम्की दियो भन्छ भने त्यो उसको व्यक्तिगत कुारा हो, पार्टीका कुनैपनि नेता कार्यकर्ता कुनैपनि स्वतन्त्र (बागी) उम्मेदवारलाई धम्की दिएको छैँन ।”

प्रहरी र निर्वाचन आयोगले बोलाएरको बैठकमा समेत एमालेले शान्तिपुर्ण तरिकाले चुनाव लड्ने प्रतिवधता गरेको छ ।

“प्रहरी र निर्वाचन आयोगसँग बैठकमै हामीले सवैलाई निर्वाचनमा सघाउने बताएका छौँ, हामीबाट त्यस्तो कार्य कहिले हुँदैन, उहाँले त्यो व्यक्तिगत रुपमा अफैले केही भन्नु भएको छ भने हाम्रो भन्नु केही छैन ।” बस्नेतले केटिएम भ्वाइससँगको कुराकानीमा भने ।

बेलका एमालेमा धेरैको जनप्रतिनिधि बन्ने इच्छा रहेको तर पार्टीले जस्लाई जिम्वरी दियो त्यसैलाई सघाउनु पर्नेमा बस्नेतको माग थियो ।

बागी उम्मेदवारीको विषयमा गुनोसो पोख्तै उनले भने, “म पनि अघिल्लो निर्वाचनबाट नै मेयरको दावेदार हो, तर पार्टीले दुर्गा थापालाई टिटक दिएपछि मैले उहाँलाई नै सघाउनु पर्छ, बेलकामा एमालेको तर्फबाट बागी उठेका जतिपनि साथिहरु हुनुहुन्छ उहाँहरु प्राय सवै पार्टीको जिम्मेवार ठाउँमा हुनुहुन्छ, सवै अवसरहरु आफैलाई मात्र चाहिन्छ भन्नु स्वर्थ बाहेक केही होईन ।” उनले भने ।

बागी उम्मेदवारहरुको बारेमा पार्टीमा केही कुरा कुरा नभएको चाडैनै पार्टीको नगर कमिटिको बैठक बसेर निर्णय लिने बस्नेतले जानकरी दिएका छन् ।