GBIME

त्रियुगाका मेयरका स्वतन्त्र उम्मेदवार चित्रकुमार कार्कीको यस्तो छ नगर बनाउने योजना

3.28K
shares

उदयपुर, १८ वैशाख । त्रियुगा नगरपालिकाका स्वतन्त्र उम्मेदवारले चित्रकुमार कार्कीले घोषणपत्र सार्वजनिक गरेका छन् । उनले आज अफ्नो घोषणापात्र सार्वजनिक गर्दै नगरबासिका नाममा सम्बोधन समेत गरेका छन् ।

उनले २३ बुदे घोषणापत्र सार्वजनक गरेका हुन् । उनले यसअघिका जनप्रतिनिधिले जनमतको दरुप्रयोग गरेको आरोप लगाएका छन् । उनले भनेका छन्, “यसअघिका थुप्रै जननिर्वाचितहरुले सोझासीधा जनतासँग गुलीयो आस्वासनबाट साँटिएको हाम्रो जनमत दुरुपयोग भएको छ । ”

जनताले स्थानीय सरकारको कामको लेखाजोखा जनताले खोजनुपर्ने माग राखेका छन् । उनले भनेका छन्, “त्रियुगामा अघिल्लो निर्वाचित जनप्रतिनिधि सबै दलमुखी बने, किनकी उनीहरु दलबाट परिचालित र दलकै बलमा कुर्सी सम्हाल्न सफल भए, यस्तो अवस्थामा एकातिर आफ्नो कार्यकर्तामूखी योजना बिनियोजन हुनु र अर्कोतिर त्यसको लेखाजोखा र नियमित नियमन निकाय नहुँदा स्थानीय सरकारको लगानी ठेट भाषा प्रयोग गरेर भन्दा ‘बालुवामा पानी’ जस्तै बन्न पुगे ।” उनको भनाई छ ।

उनले परिर्वतन सम्भव भएको दावी गर्दै उनले भनेको छन्, “मैले दर्जनौ दलका संगठित नेतृत्वहरुको माझ आफूलाई परीक्षण गर्न स्वतन्त्र रुपमा त्रियुगा नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी मनोनयन गरीसकेको छु, आशा छ आजको सानो गल्तीबाट भोलीदेखि वर्षौसम्म आफूमात्र नभई आफ्ना सन्ततीहरु समेत पछुताउनुपर्ने समय अब अन्त्य हुनेछ ।” भन्दै उनले त्रियुगा बासिसँग भोट मागेका छन् ।

कार्कीको प्रमुख एजेन्डा यस्तो छ

उनले भ्रष्टाचारमुक्त प्रशासन, समानतामूलक गुणस्तरीय शैक्षिक व्यवस्था, सर्वसुलभ गुणस्तरीय, द्रूत स्वास्थ्य सेवा, सर्वसुलभ गुणस्तरीय, द्रूत स्वास्थ्य सेवा, रोजगार र स्वरोजगारलाई प्राथमिकता, सामाजिक न्याय (गाँस, वाँस र कपास), कृषि क्रान्ति, भौतिक पूर्वाधार विकास, पर्यटन विकाश, सशक्तिकरण (युवा, महिला, बालबालिका, ज्येष्ठनागरिक) जस्ता रहेका छन् ।

सथै, उनले खेलकुदको विकास, सांस्कृतिक पहिचान संरक्षण, क्षमता र प्रतिभाको व्यवस्थापन, सुकुम्बासी समस्या सामाधानका लागि पहल, सामाजिक सुरक्षा भत्ता, खानेपानी समस्या समाधान, नदी नियन्त्रण, उद्यमशीलतामा जोड, पर्यावरण र घर निर्माण व्यवस्थपन, ख लगाएतका रहेका छन् ।

कार्कीले उल्टो मटरसाइकल चलाएर गिनिब बुकमा नाम समेत लेखाएका छन् ।

Dhulikhel Eco Resort 1200*100