Nepal Life Banner

मतदाताको खुट्टामा पैसा राखेर भोट माग्दै वडा अध्यक्ष उम्मेदवार

8.05K
shares

काठमाडौं, १८ वैशाख । मेलम्ची नगरपालिका–१० का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार अमृत खनालले मतदाताको खुट्टामा पैसा राखेर भोट मागेका छन्। चुनावी प्रचारका लागि घरदैलो गरिरहेका उनले प्रत्येक घरमा यसैगरी भोट मागिरहेका छन् ।

उक्त तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि उनले आफ्नी फुपूलाई ढोग गरेको भन्दै सामाजिक सञ्जालमार्फत नै स्पष्टीकरण दिएका थिए ।

उनले पछि प्रष्टीकरण दिएको पोस्ट पनि हटाएका छन् ।

उनले फेसबुक वालमा लेखेका थिए ‘यहाँहरू सबैलाई हार्दिक नमन तथा जय नेपाल, मेरी फुपू दिदीको हातबाट टीका लगाए पछि मैले मेरी दिदीको पाउ ढोक्दै गर्दा बिना दक्षिणा कसरी ढोग गरूँ । आादर र सम्मान गर्नु मेरो धर्म हो। यो सकारात्मक संस्कारलाई पनि प्रंचार प्रसार गरिदिनु भएकोमा यहाँहरू सबैलाई हार्दिक धन्यवाद ।’

उनले कसैलाई एक हजार त कसैलाई त्योभन्दा बढी रकम पाउमा राखेर ढोग्दै भोट मागिरहेको स्थानीयले बताएका छन् । यसरी पाउमा पैसा राखेर भोट मागिरहेकोप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।

मेलम्चीमा कांग्रेस र राप्रपाबीच चुनावी तालमेल भएको छ ।