यस्तो अबस्थामा मत बदर हुन्छ
वि.सं.२०७९ वैशाख १९ सोमवार १४:१६
shares
उदयपुर । निर्वाचन अयोगले मत बदर हुने प्रावधान राखेको छ । आयोगको इ बुलेटिन प्रकाशन गर्दै बदर हुने व्यवस्था राखेको हो । मतदाताले मतदान गर्द विचार पुराएर मतदान गर्नु पर्छ । अन्यथा अफुले दिएको मत बदर हुने गर्छ ।
पतपत्रमा मतदान अधिकृतको दस्तखत नभएको मत बदर हुन्छ । स्वस्तिक चिन्ह बाहेक अन्य लगाएको भएपनि बदर हुने प्रावधान रहेको छ । मतपत्र च्यातिएको वा चिन्हमा मत लगाएमा पनि बदर हुन्छ । कोठाभन्दा बाहिर गएको मत पनि बदर हुन्छ ।
उम्मेदवार नभएको चिन्हमा पत हाले पनि त्यो मत बदर हुन्छ । उम्मेदवार भन्दा बढी भोट गरिएको मत पनि बदर हुन्छ । भोट नहाली मतदान अधिकृतलाई फिर्ता दिएमा पनि मत बदर भएको हुन्छ ।
साथै, निर्वाचन आयोगले दिएको मतपत्र बाहेक अन्य मतपत्रमा मतदान गरेको भए पनि मत बदर हुन्छ । मतपेटिका भन्दा बाहिर राखिएको मतपत्र पनि बदर हुन्छ । जाली मतपत्र पनि बदर भएको निर्वाचन आयेगले मान्ने छ ।
त्यसरी बदर भएको मतपत्रको मत परिनाम कसैको नभई त्यो खेर गएको हुन्छ । त्यसैले निर्वाचन आयोगले मतदान गर्दा उक्त कुराहरुको ख्याल गर्न आग्रह गरेको छ ।