GBIME

वैशाख २४ गते सुनसरीको दुई कार्यक्रम सम्मवोधन गर्न ओली आउँदै

2.68K
shares

सुनसरी, २१ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वैशाख २४ गते सुनसरी आउँदै छन् । उनी चुनावि सभालाई सम्बोधन गर्न सुनसरी आउँन लागेका हुन् ।

एमालेको निर्वाचन परिचालन कमिटीले आज धरानमा पत्रकार सम्मेलनको गरी सुनसरीमा अन्तिम चुनावी सभालाई सम्बोधन गर्न ओली आउन लागेको जानकारी दिएका छन् ।

ओलीले सुनसरीको इटहरी र धरानमा चुनावि सभा एकै दिन सम्बोधन गर्ने एमालेको निर्वाचन परिचालन कमिटीले जानकरी दिएको छ ।

इटहरीको साथी पेट्रोलपम्प दक्षिण पूर्वमा शाढे १० बजे र धरानको भानुचौकमा दिउसो १ बजे ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको परिचालन कमिटीले जनाउको छ ।

सभामा ओलीसँगै एमालेका केन्द्र, प्रदेश र जिल्ला स्तरका नेताहरूको उपस्थिति रहने सम्मवेलनमा जानकरी दिएको छ ।

Dhulikhel Eco Resort 1200*100