Dhulikhel Eco Banner new
NCHL Banner 2081

सम्पति सार्वजनिक गरी चुनावमा होमीएका राप्रपा वडा अध्यक्ष उम्मेदवार

15.65K
shares

उदयपुर । उदयपुर बेलका नगरपालिका ४ का राप्रपाबाट वडा अध्यक्षको उम्मेदवार समीर गुरुङ्गले सम्पति सार्वजनिक गरी चुनावमा होमीएका छन् ।

उनले ६ शिर्षक राखि आफ्नो सम्पति विवरण सार्वजनिक गरेका हुन् । उनले जग्गा ७ कठ्ठा ७ धुर ऐलानी, घर एउटा काठको, पक्की घर एउटा पुरा नभएको, मोटरसाइकल एउटा, ३ तोला सुन, व्यवसायबाट मार्षिक २० हजार कमाई, बैंकमा ६० हजार र ऋण ३० लाख रहेको सार्वजनिक गरेका छन् ।

जनप्रतिनिधि भईसकेपछि भ्रष्टचार गरेर अकुत सम्पति कमाउने गरेकाले सम्पति सार्वजनिक गरेको उनको भनई छ ।

केटिएम भ्वाइससँगको कुराकानीमा गुरुङ्गले भने, ‘जनप्रतिनिधि हुनु भन्दा अगाडी र पछाडी धेरैको सम्पति तलमाथि भैरहेको छ, उनीहरुको जिवन जिउने तरिका त्यत्रो आईफाई बढीरहेको हुँन्छ, केहि नभएकाले समेत त्यो ठाउँमा पुगेपछि गाडी घोडा चड्ने गरेको देखिन्छ त्यसैले मसँग के–के छ चुनाव अगाडी नै सर्वाजनिक गरेको हो ।’

उनले चुनाव जिते अफुले गर्ने १२ वटा प्रतिवद्धता समेत सार्वजनिक गरेका छन् । जसमा जथाभावि ढुङ्गा उत्खनन् लाई रोक्ने, वडाबाट हुने सुविधा छिटो गराउने, निशुःल्क इन्टरनेट दिने, विपन्नलाई निशुःल्क स्वास्थ्य विमा गर्ने, गाई भैसी सुत्केरी हुँदा हजार भता दिने, घर–घरमै वृद्ध भत्ता पुराउने र प्रत्यक टोलमा सिचाईको व्यवस्था गराउने लगाएता छन् ।

बेलकामा राप्रपाबाट मेयरमा इन्द्र प्रसाद अधिकारी र उप–मेयरमा मन्जु कुमारी चौधरी उम्मेदवार रहेका छन् ।